नक्कली जस्तो देखिने नेपाली (मुद्रा) नोटसहित मानिसहरु नियन्त्रणमा
मिति २०८०।०४।२५ गते अं.१०:०० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. २ स्थित नागढुङ्गा चेकप्वाईन्टमा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले लुम्बिनीबाट काठमाण्डौतर्फ आउँदै गरेको लु. १ प. ५ नं. को हरियो नं. प्लेट भएको पर्यटक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको ढोकाको साईडको सामान राख्ने डिक्कीमा र्याप गरी राखिएको चाउचाउको कार्टुन शंका लागि चेकजाँच गर्दा उक्त कार्टुनभित्र नक्कली जस्तो देखिने रु १,०००। (एक हजार) दरका नेपाली मुद्रा (नोट) ३५ गड्डीमा जम्मा नोट थान ३,५७३।- (तिन हजार पाँच सय त्रिहत्तरमात्र) जम्मा रू. ३५,७३,०००। (पैंतिस लाख त्रिहत्तर हजारमात्र) फेला पारी उक्त नोटलाई रितपुर्वक बरामद गरी बसका चालक तथा सह-चालकलाई सोधपुछ गर्दा उक्त र्याप गरेको कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले यो अचार हो काठमाण्डौ लगिदिनु काठमाण्डौ बसपार्कमा रिसिभ गर्ने मेरो मानिस आउछ भनि पठाएका हुन भनि बताएको र सो सामान पठाउने तथा रिसिभ गर्ने लगायत उक्त (मुद्रा) नोटसंग सम्बन्धित संलग्न अन्य मानिसहरुलाई खोजतलास तथा सो सम्बन्धी थप अनुसन्धानका लागी बसका चालक तथा सह-चालकलाई साथमा लगी प्रहरी वृत्त थानकोट र नागढुङ्गाबाट खटिएका प्रहरी टोलीले जिल्ला काठमाण्डौ गोंगबु बसपार्क र जिल्ला भक्तपुर चागुनारायण न.पा.-४ बुढाथोकी गाउँ स्थितबाट थप नक्कलीजस्तो देखिने १९ गड्डीमा रु १,०००।- (एक हजारमात्र) दरका नेपाली मुद्धा (नोट) थान १,७०२।- (एक हजार सात सय दुईमात्र) वटा नोटको अंकित मूल्य अनुसार रु १७,०२,०००।- (सत्र लाख दुई हजार मात्र) गरी जम्मा रू. ५२,७५,०००।- (बाउन्न लाख पचहत्तर हजारमात्र) रकम र निम्न दशीका सामानहरुसहित निम्न मानिसहरु नियन्त्रणमा लिइएको ।
निम्नः-
क) पक्राउ परेका व्यक्तिहरु:-
१. जिल्ला सिन्धुपाञ्चोक वलेफी गा.पा. वडा नं. ७ घर वताउने बर्ष ४० को अर्जुन सुबेदी ।
२. जिल्ला सिन्धुपाञ्चोक कोठे ९ घर वताउने बर्ष २५ को शुशिल कार्की ।
३. जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर वताउने बर्ष २३ को शिव भण्डारी ।
४. जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर वताउने बर्ष २३ को मिलन भण्डारी ।
५. जिल्ला सिन्धुपाञ्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर वताउने बर्ष २४ को श्री कृष्ण भण्डारी ।
६. जिल्ला झापा कमल गा.पा. वडा नं. ३ घर बताउने बर्ष २९ को युवराज राई ।
७. जिल्ला अछाम मेल्लेख गा.पा. वडा नं. ३ घर बताउने बर्ष २१ को अर्जुन बुढा ।
८. जिल्ला गुल्मी वाडागाँउ गा.पा. वडा न . २ घर बताउने बर्ष ३४ को सागर आचार्य ।
९. जिल्ला नवलपरासी सरावल गा.पा. वडा नं. १ घर वताउने बर्ष ५३ कि पार्वती नेपाली ।
ख) बरामद दशी :-
१. दुबै स्थानमा बरामद भएका नक्कली नोट जस्तो देखीने ५४ गड्डीमा रु १,०००।- (एक हजार मात्र) दरका नेपाली मुद्धा (नोट) थान ५,२७५।- (पाँच हजार दुई सय पचहत्तरमात्र) वटा नोटको अंकित मूल्य अनुसार रु. ५२,७५,०००।- (बाउन्न लाख पचहत्तर हजार मात्र) रकम ।
२. मनिटर-१, सि पि यु-१, किबोर्ड-१, माउस-१, कम्प्युटरसेट थान-१ ।
३. पेपर कटर मेसिन थान -१, कलर प्रिन्टर थान -१ , प्रिन्ट पेपर रिम-१, खुल्ला पेपर २०० पेज, प्रिन्टर ink bottle cyan थान-१, gray थान-१, black थान-१, magenta थान-२, yellow थान-१, pink थान-१, synthetic gum 200ml, superior adnesive paste बोतल १, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, 8848 भोड्काको क्वाटर बोतलमा १ बोतल केमिकल, decorating powder ४ पत्ता, अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ samirul nadaf को नामको नेपाली राहदानी थान-१, wrapping tape १ बण्डल, एक हाजर दरको नोटको साईजको पेपर थान -९ ।
४. बा. ६३ प. २०७५ नं. को १५० सिसिको होण्डा मोटरसाईकल थान-१,
५. बा. प्र. ०२-०३९प ९४०७ नं. को एन एस पल्सर मोटरसाईकल थान- १,
६. बा.प्र.०२-०२८ प १३०६ नं.को स्कुटर थान- १ ,
७. बा. प्र. ०२-०३८ प ५६४२ नं. को २०० सिसिको एन एस पल्सर मोटरसाईकल थान -१,
८. स्मार्ट मोबाईल थान १० र सादा मोबाईल थान २ गरी जम्मा १२ थान मोबाईल ।
पक्राउमा परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद -२२ को मुद्रा सम्बन्धी कसूरमा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन- ५ म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको ।